Logo
Logo

कृष्ण थापाको प्रदेश सांसद पद खारेज


दृष्टि संवाददाता

945
Shares

काठमाडाैं । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो आदेश सँगै थापाको पद गएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले अदालतबाट अन्तरिम आदेश जारी भएपश्चात परिस्थितिमा परिवर्तन भइ हाल विपक्षी निवेदक थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद नदेखिएको उल्लेख गरिएको छ ।

आदेशमा भनिएको छ, ‘यस अवस्थामा विपक्षी निवेदक थापालाई जेठ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयमा हाल आवश्यकता र उपयुक्तता रहरहेको नदेखिँदा सो मितिमा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन नगरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(७) बमोजिम खारेज गरिदिएको छ, अरु नियमानुसार गर्नु !’

थापालाई पार्टीको सिफारिसमा पदमुक्त गरिएपनि उनी सर्वोच्च पुगेका थिए । सर्वाेच्ले जेठ २३ गते सांसद थापाको पक्षमा अन्तरिम आदेश दिएको थियो । न्यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश दिएको थियो ।

तर, अन्तरिम आदेशविरुद्ध जेठ २६ गते पुनरावलोकनको निवेदन (भ्याकेट) दर्ता भएको थियो। गण्डकी प्रदेश सभाका सभामुख नेत्रप्रसाद अधिकारी, राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय र गण्डकी प्रदेश सभा सचिवालयले सर्वोच्च अदालतमा भ्याकेट दार्ता गराएका थिए। सोमबार साेही निवेदनमा सुनुववाइ गर्दै सर्वाेच्चले अन्तरिम आदेश खारेज गरेको हो ।

प्रतिक्रिया दिनुहोस्