Logo
Logo

पाकिस्तानको भारी वर्षा र हुरी, १० जनाकाे मृत्यु


दृष्टि संवाददाता


तस्वीर : द एक्सप्रेस ट्रिब्युन

एजेन्सी । पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र हुरीको कारण कम्तिमा १० जनाकाे मृत्यु भएकाे छ । खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र पञ्जाबमा दुई जनाको मृत्यु भएको हो ।

खैबर पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार, वर्षासँग सम्बन्धित विभिन्न घटनामा पाँच जनाको मृत्यु भएकाे र अन्य छ जना घाइते भएका छन् ।

यसैबीच, बलूचिस्तानको कोहलु जिल्लाका विभिन्न भागमा विद्युत सर्ट हुदा तीन व्यक्तिको मृत्यु भएको द न्यूजले जनाएको छ ।

पाकिस्तानी राज्य खैबर पख्तूनख्वाका मुख्यमन्त्री मोहमद् खानले बर्षाका कारण जनधनको क्षति भएकोमा दुख व्यक्त गरेकाे अन्तराष्ट्रिसमाचार संस्था द न्युजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्