Logo
Logo

प्रदेश १ को आर्थिक वृद्धि ३.६ प्रतिशत हुने अनुमान


दृष्टि संवाददाता


विराटनगर । चालु आर्थिक वर्षमा प्रदेश १ को आर्थिक वृद्धि ३.६ प्रतिशत हुने अनुमान गरिएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।

उनले कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण आर्थिक वृद्धिदर घट्नसक्ने बताए ।

गत वर्ष प्रदेशको आर्थिक वृद्धि १.१८ प्रतिशतले ऋणात्मक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्