Logo
Logo

तिनाउ नदीमा बाढी, सतर्क रहन आग्रह


दृष्टि संवाददाता


बुटवल ।  बुटवलमा तिनाउ नदीले खतराको तह पार गर्न लागेको भन्दै बुटवल उपमहानगरपालिकाले नदी क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

नगरप्रमुख शिवराज सुवेदीले नदीको निरीक्षण गर्दै नदी किनारका वासिन्दालाई सावधानी अपनाउन र सतर्क रहन आग्रह गरेका हुन् ।

तिनाउको जल सतह खतराको अवस्थामा पुग्न लागेकाले मातहतका सबै संयन्त्र र जिल्ला स्थित सुरक्षा निकायलाई तम्तयार रहन समेत प्रमुख सुवेदीले आग्रह गरेका छन् ।

उपमहानगरपालिकाले आफ्ना संयन्त्रलाई जोखिमपूर्ण क्षेत्रमा निरीक्षण र सूचना संकलनका लागि खटाएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्