Logo
Logo

मनाङको चामेमा बाढीले ६ घर बगायाे, प्रहरी नै असुरक्षित

जिल्ला प्रहरी कार्यालय पनि डुवानमा


दृष्टि संवाददाता


मनाङ। मनाङको सदरमुकाम चामेमा बाढीले ६ घर बगाएको छ । दुईवटा खोलामा बाढी आउँदा चामेमा ट्रस्ट बनाएर बसेका होटल र पसलहरु सबै बगाइसकेको जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काले जानकारी दिए ।

खड्काले बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको बताए । ‘यहाँ भएका सबै जनतालाई माडास्थित कारागारमा पुर्‍याएका छौं । तर, हामी नै बाढीको मारमा परिसकेका छौं । हामी नै असुरक्षित भइसकेका छौं,’ उनले भने ।

लगातारको बर्षातबाट आएको बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली ब्रिज पनि बगाएको छ । उक्त खोलामा रहेको ३२ किलोवाट क्षमताको लघु जलविद्युत पनि बाढीले बगाएको छ ।

निरन्तर वर्षाले बाढीसहित पहिरो जाँदा बेँसीशहर–चामे सडक, खेल मैदान र बङ्गुर बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका–६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्