काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले मेलम्चीमा फेरि निकै ठूलो जोखिम आउन सक्ने बताएका छन् ।
हेलिकप्टरबाट मेलम्ची क्षेत्र निरीक्षण गरेका मन्त्री तामाङले अहिले पनि पहिरो खस्ने र खोला राेकिने भइरहेकाले पानी परे फेरि ठूलो जोखिम आउन सक्ने बताए ।
उनले भने, ‘पहिरो खस्ने खोला रोकिने । अनि फेरि खोला बढ्ने भइराखेको छ, पानी फेरि परे निकै ठूलो जोखिम हुनसक्छ।’ सिन्धुपाल्चोकस्थित मेलम्चीमा आएको बाढीको कारण खोला थुनिने गरी गएको पहिरो गएको उनको भनाइ छ ।
मेलम्ची नदी किनाराको तटीय क्षेत्रमा अझै जोखिम नहटेको उनको भनाइ छ । उनले भने, ‘जोखिम हटेको छैन । एकदमै जटिल छ । सबै पहिरो एकैचोटी गए ठूलो समस्या हुनसक्छ ।
गए रातिबाट मेलम्ची नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार डुबेको छ।












