Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : देशभर पहिरो र बाढीदेखि कर बुझाउन सूचना जारीसम्म


दृष्टि संवाददाता

189
Shares

१. मनसुन सक्रिय भएसँगै जारी अविरल वर्षाका कारण देशका ३३ जिल्लामा बाढी, प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार विगत २ दिनको अवधिमा ३३ जिल्लाका ९९ ठाउँमा बाढी तथा पहिरो, सोमबारयता मृत्यु हुनेको संख्या ७, २४ घण्टामा मात्रै देशभर ५ जनाको मृत्यु , गृह मन्त्रालयका अनुसार सिन्धुपाल्चोकमा बुधबार दुई जनाको शव भेटियो, बेपत्ता भएको पहिचान खुल्यो ।

२. देशभर बाढीपहिरोले पुर्‍याएको क्षतिपछि पीडितको उद्दार र राहत वितरण गर्न प्रमुख प्रतिपक्षी दलको सरकारलाई आग्रह, युद्धस्तरमा जनधनको सुरक्षा हेतु खटिनुपर्ने कांग्रेस र माओवादीको जोड, एमालेद्वारा सरकारलाई नागरिकको जीवन रक्षा गर्न माग, कार्यकर्तालाई विपद् क्षेत्रमा उद्दारका लागि खटिन निर्देशन, अविरल वर्षाका कारण हाल उत्पन्न बाढीपहिरोबाट थप जनधनको क्षति रोक्न समन्वयात्मक कार्य गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीकाे निर्देशन ।

३. २४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमणमुक्त, २४ घण्टामा पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ८२८ जनामा संक्रमण पुष्टि,  देशभर गरी थप ५२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८ पुग्याे, पछिल्लो १४ दिनमा १२ जिल्लामा भने तुलनात्मक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै, १ हजार १ सय ८० जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा,सहयोगी निकायहरूबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर उपयोग गर्न ७७ वटै जिल्लामा ‘अक्सिजन कन्सन्ट्रेटर बैंक’ स्थापनाको प्रक्रिया अगाडि बढाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ, नेपाललाई तत्काल १४ लाख डोज अस्ट्राजेनेका खोप दिलाउन डब्लुएचओको आग्रह ।

४. थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह, प्रस्थान गर्नुअघि वक्तव्य जारी गर्दै धैर्य र संयमका साथ पार्टी एकता जोगाउन प्रयत्न गरे सफल हुने भन्दै विभाजनको विपक्षमा उभिन पार्टी पंक्तिलाई आह्वान, वक्तव्यलाई लिएर माधव नेपाल-झलनाथ खनाल समूहका नेताहरुले हस्ताक्षर दुरुपयोग भएको भनेपछि तरंग उत्पन्न ।

५. औपचारिक विभाजन हुन बाँकी रहेको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक पुनः विवादमा,  अध्यक्ष महन्थ ठाकुुरद्वारा पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएकाे कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत रहेको भन्दै निर्वाचन आयोगलाई पत्र, नाधिकृत बैठकमा सहभागी नहुन सदस्य र पदाधिकारीहरुलाई ठाकुरकाे आह्वान ।

६. गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रवार विश्वासको मत लिने, शनिबार संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मत लिने, बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत छिटै लिन लागिएको मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्काकाे भनाइ ।

७. महामारीको बीचमा आगामी तीन आर्थिक वर्ष भित्र ५४ खर्बभन्दा बढी बजेट खर्च गरेर  दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारकाे  लक्ष्य तय, मध्यमकालीन खर्च संरचनामा सरकारले आगामी तीन आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्मका लागि ताेक्ने लक्ष्य, तथ्याङ्क अनुसार आगामी आर्थिक वर्ष २०७८/७९ मा आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत अनुमान, २०७८/७९ अनुसार आव २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर १० दशमलव ३ प्रतिशत रहने प्रक्षेपण  ।

आगामी वर्षमा नेपालको ग्राहर्स्थ उत्पादन २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण  - Arthasansar

८. आन्तरिक राजस्व विभागद्वारा असार २५ गतेभित्र कर विवरण बुझाउन सूचना जारी, बैशाख महिनाकाे   मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षासेवा शुल्क, टेलिफोन सेवा शुल्क र दूरसञ्चार सेवा शुल्क असार २५ गतेभित्र बुझाउनुपर्ने, धितोपत्र बोर्डको सूचीले लगानीकर्तामा आतंक, नेप्से पनि असन्तुष्ट, ५२ दशमलव ४१ अंकले घट्यो नेप्से, अधिकांश फाइनान्स र हाइड्रोपावर कम्पनीमा नकारात्मक सर्किट, सिन्धुपाल्चोकमा बाढीले नेशनल हाइड्रोपावरको प्रशारण लाइनमा क्षति ।

९. नेपाल चीनमा आयोजना हुने एसियन कप २०२३ छनोटको तेस्रो चरणमा प्रवेश, (एएफसी) ले परिमार्जन गर्दै बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनायो, एएफसीले बनाएको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने , १६ औं संस्करणको युरोकपमा रुसको पहिलो जीत, फिनल्याण्ड एक शून्य गोल अन्तरले पराजित, ९ः ४५ बाट टर्की र वेल्स् भिड्दै, मध्यरातमा इटालीले स्विजरल्याण्डको सामना गर्ने ।

१०.र, अमेरिकी र रुसी राष्ट्रपतिबीच जेनेभामा पहिलो पटक भेटवार्ता, ताईवानको आकाशमा चीनका दुई दर्जन बढी लडाकु विमान एकसाथ उडे, भारतमा थप ६२ हजार संक्रमित, १ हजार ४७० संक्रमितको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्