Logo
Logo

मन्त्रीहरूलाई ओलीको निर्देशन- विरोधी विरूद्ध उत्रनुस्


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोधी विरूद्ध उत्रिन मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

बुधबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारको कुप्रचार गर्नेहरू विरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हरेक मन्त्रीहरूलाई सरकारको कामको प्रचार गर्न, विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरूको डिफेन्ड गर्न अनुरोध छ ।’

प्रधानमन्त्री ओलीले विरोधीहरू कराएर सरकार नढल्ने पनि बताए । उनले भने, ‘विरोधीहरु एकदमै आक्रोशित भइरहेका छन्, के–के न माफि मागौंला जस्तो । हुने केही पनि होइन । एउटा सरकारको लागि यत्रो समय कारायो करायो सरकार पल्टिने पनि होइन ।’

प्रतिक्रिया दिनुहोस्