Logo
Logo

ओली सरकारमा सहभागी मन्त्री जसपाबाट निष्कासित


दृष्टि संवाददाता


काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव नेतृत्वको पक्षले सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जेठ ८ गतेको बैठकको निर्णयकै आधारमा सरकारमा सहभागी जसपाका नेताहरू स्वतः निष्कासनमा परेको प्रष्ट जनाएकाे हाे ।

बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना सांसदलाई कारवाही गर्ने प्रक्रिया थाल्ने निर्णय समेत गरेको छ ।

यस्तै बैठकले निर्वाचन आयोगले गत जेठ ३१ गते दिएको निर्णयको राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्