Logo
Logo

बाढीका कारण हेलम्बुमा २३ जना वेपत्ता (सूचीसहित)


दृष्टि संवाददाता


काठमाडौं । असार १ गतेदेखि सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीबाट २३ जना बेपत्ता भएका छन् । हेलम्बु गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार ४ महिला र १९ पुरुष बेपत्ता भएका हुन् ।

सार्वजनिक विवरण अनुसार बाढीले बेपत्ता हुनेहरुमा हल्दे भन्ने स्थानका बर्ष ३५ का सुनिल तामाङ, बर्ष ३५ का पूर्ण तामाङ, बर्ष ५० का कामी तामाङ, उनकी ८० बर्षकी आमा नोकी तामाङ रहेका छन् ।

ज्ञानेन्द्र कक्षपतिको ट्राउट फर्ममा काम गर्ने अन्दाजी बर्ष ३५ का नाम नखुलेको एक महिला र उनका २ बर्षका एक छोरा पनि बेपत्ता भएका छन् । त्यस्तै भण्डारी ट्राउट फर्म किउलका बर्ष ३१ मा माधव भण्डारी, चुरेटार १ का ४२ बर्षका गणेश ज्योति, भण्डारी ट्राउट फर्ममा काम गर्ने बर्ष २३ का सुरेन्द्र नेपाल र पाल्चोक सेराक बर्ष ६६ बर्षकी दिकुमारी खड्का वेपत्ता भएका छन् ।

यसैगरी जय बागेश्वरी ट्राउट फर्ममा काम गर्ने बर्ष ५० का च्याङ्बा तामाङ, उनकी ४५ बर्षकी श्रीमती काली तामाङ्लाई बाढीका कारण वेपत्ता भएको विवरणमा उल्लेख छ ।

यस्तै चालिसे फाँट हल्देका ४६ बर्षका भिम प्रसाद भण्डारी र ९० बर्षका तस्वीर तामाङ र हेलम्बु चनौटेका ५५ बर्षका ज्ञानेन्द्र कक्षपति पनि बेपत्ता भएका छन् ।

मेलम्ची खानेपानी बाँधस्थल अम्बाथानका काम गर्ने चाइनिज ३ जना, भारतिय ३ जना र नेपाली २ जना गरी ८ जनालाई बाढीमा पेवत्ता भएका छन् ।

गाउँपालिकाको वडा नं. १ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोको कारण आएको बाढीले ठूलो धन जनको क्षति पुर्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी विष्णुहरी तिमिल्सिनाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्