Logo
Logo

शक्तिशाली मन्त्रालय माग्दै दीपक मनाङे प्रचण्ड निवासमा


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी प्रदेशका विनाविभागीय मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेटेका छन् । प्रदेशमा शक्तिशाली मन्त्रालय दिन माग गर्दै गुरुङले माओवादी अध्यक्ष दाहाल भेटेका हुन् ।

कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउनका लागि सहयोग गरेका मन्त्री गुरुङले शक्तिशाली मन्त्रालयको चाहना गरेको सार्वजनिक हुँदै आएको छ ।

त्यसैका लागि गुरुङले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेको अनुमान गरिएको छ । फेसबुकमा भेटको तस्वीर सार्वजनिक गर्दै उनले ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद छलफल भएको’ बताएका छन् ।

११ मन्त्रालयमध्ये शक्तिशाली मानिएको अर्थ मन्त्रालय जसपाले पाउने निधो भइसकेकाले त्यो बाहेक अन्य मन्त्रालयको अपेक्षा गुरुङले गरिरहेका छन् । उनको चाहना आन्तरिक मामला र भौतिक पूर्वाधार मन्त्रालयका लागि कांग्रेस माओवादी र मनाङे संघर्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्