Logo
Logo

धनगढीको सडकमा धान रोपाइँ !


हिक्मत बम


धनगढी । धनगढी उपमहानगरपालिकालाई गिज्याइरहेको निर्माणधिन सडकमा स्थानीयले रोपाइँ गरेका छन । धनगढी उपमहानगरले सडक नबनाएको भन्दै वर्षातमा हिलाम्य भएको सडकमै रोपाइँ गरिएको हो । धनगढीको हसनपुर–शिवनगर सडक नबनाएको भन्दै स्थानीयले सकडमै धान रोपेर विरोध गरेका हुन् ।

उनीहरुले उपमहानगरपालिकाले भएको सडक भत्काएर नबनाउँदा वर्षाको बेला सडक हिलाम्मे भएपछि विरोधमा रोपाइँ गरेका हुन् ।उपमहानरपालिकाले सडक स्तरोन्नति गर्ने भनेर सडक भत्काएको तर नबनाएको विरोधमा सडकमै रोपाइँ गरिएको स्थानीय दिवाकर भट्टले बताए ।

उनीहरू स्थानीय सरकार मुर्दावाद लेखेको प्लेकार्डसमेत बोकेर रोपाइँमा सहभागी भएका थिए । भएका संरचना भत्काउन आउने, बनाउन नआउने भन्दै केहीबेर सरकारविरूद्ध नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्