Logo
Logo

मेलम्ची बाढीमा थप एकको शव फेला


दृष्टि संवाददाता


सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ ।

बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका-२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको हाे ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार योसँगै बाढीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ भने अझै २१ जना बेपत्ता छन् ।

असार १ गते सिन्धुपाल्चोकको इन्द्रावती नदी र मेलम्ची नदीमा आएको बाढी हेलम्बुका साथै मेलम्ची बजारमा पसेको थियो ।

प्रतिक्रिया दिनुहोस्