Logo
Logo

बाढी प्रभावित तीन पालिकालाई काठमाडाैं महानगरकाे ३ करोड सहयाेग


दृष्टि संवाददाता


काठमाडाैं । काठमाडौं महानगरपालिकाले मेलम्ची बाढी प्रभावित तीन पालिकालाई राहत तथा उद्दारका लागि ३ करोड रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो ।

महानगरपालिकाको तर्फबाट काठमाडौं महानगरसँग भगिनी सम्वन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०-५० लाख आर्थिक सहयोग गर्ने मेयर शाक्यले घोषणा गरेका थिए ।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले काठमाडौं महानगरपालिकाको यो सहयोग बाढीले बनाएको घाउँमा मल्हम हुने बताए ।

प्रतिक्रिया दिनुहोस्