Logo
Logo

वीरेन्द्रनगरमा तनाव, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार


दृष्टि संवाददाता


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर-११ स्थित पिपिरा चोक तनावग्रस्त बनेको छ।

आइतवार पत्रकार खिमप्रसाद पोखरेलको दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएपछि आफन्तले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका हुन् ।

सडकमा टायर बालेर र नारा जुलुसले यातायातका साधन आवतजावतमा अवरोध गरेपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरी प्रदर्शनकारीलाई तितरवितर पारेकाे थियाे ।

आइतवार दिउँसो सुर्खेत दैलेख सडक खण्ड अन्तर्गत कपासे नजिक दुर्घटनामा परी मोटरसाइकलमा सवार पोखरेल घाइते भएका थिए। घाइते पोखरेलको उपचारका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्