Logo
Logo

बारामा तीन कर्मचारी घुससहित पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ चैत ।
डिभिजन वन कार्यालय, बारा, सिमराका कार्यालय प्रमुख (डिभिजन वन अधिकृत) शिवशंकर ठाकुरसमेत तीन जना पक्राउ परेका छन् । कवाडी मालसामान सम्बन्धी ठेक्का स्वीकृत गर्न सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले डिभिजन वन कार्यालय, बारा, सिमराका कार्यालय प्रमुख (डिभिजन वन अधिकृत) शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकर प्रसाद केसरीलाई रु.२५,०००र(पच्चीस हजार) र कार्यालय सहयोगी रामचन्द्र अधिकारीलाई रु.९०,०००र((नब्बे हजार) सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा सोही कार्यालयबाट पक्राउ गरेको हो ।


शुक्रबार नै डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत सलाउद्दीन अन्सारी विराटनगरबाट घुससहित पक्राउ परेका छन् ।
मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको दिपज्योति सामुदायिक वन उपभोक्ता समितिसँग ३५ हजार घुस लिँदै गर्दा अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।
लाटी झोडा साझेदारी वनसमेत हेर्ने जिम्मेवारी पाएका अन्सारीले काठ दाउरा काट्न सहमति दिने नाममा उपभोक्ता समितिबाट रकम मागेका थिए । पटक–पटक उपभोक्ता समितिलाई विभिन्न नाममा रकम लिने गरेको गुनासो आउने गरेको आधारमा अख्तियारको टोलीले पिछा गर्दै उनलाई डिभिजन वन कार्यालयबाटै ३५ हजारसहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीएसपी डिल्लीनारायण पाण्डेको नेतृत्वमा आएको टोलीलाले उनलाई कार्यालयबाट नगदसहित पक्राउ गरेको हो । सुन्दर हरैचा नगरपालिका र केरावारी गाउँपालिका क्षेत्रमा पर्ने लाटीझोडा साझेदारी वनमा पछिल्लो समय रुख कटान व्यापक हुँदै आएको छ । उनलाई पक्राउ पछि कानुनी प्रक्रिया पूरा गरी काठमाण्डौ पठाइने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्