Logo
Logo

टेलिकमले भन्याे- प्राविधिक समस्या आए न्यूनतम समयमा सेवा सुचारु गर्न तत्पर छौं


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । प्राविधिक समस्या आए न्यूनतम समयमै सेवा सुचारु गर्न तत्पर रहेको नेपाल टेलिकमले जनाएको छ । बुधबार जीएसएम मोबाइल सेवामा अप्रत्याशित समस्याका कारण अवरुद्ध भएको सेवा तत्काल श्रोत साधन परिचालन गरी सिस्टमलाई सुचारु गरिएको टेलिकमले जनाएको छ ।

‘सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखी समस्याको विश्लेषण गर्दै काम अगाडि बढाइएकाले करिब २ घण्टामै सेवा सुचारु गर्न सकिएको हो,’ टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको थियो । टेलिकमले सोको जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे (२ घण्टा मैं) सिस्टमलाई सुचारु गर्न सफल भएको जनाएको छ ।

सो अवधिमा जिएसएम मोबाइलको टुजी, थ्रीजी र फोरजी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको भीओएलटीईमा समस्या नआएको र जीएसएम मोबाइलका केही फिचर फोनमा समस्या नदेखिएको कम्पनीले जनाएको छ ।

‘मुख्यतः स्मार्टफोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको छ । कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्सका कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहिरहने विश्वास दिलाउन चाहन्छौं,’ टेलिकमले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्