Logo
Logo

महन्थ ठाकुरले बोलाए कार्यकारिणी समिति बैठक


दृष्टि संवाददाता


काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले पार्टीका निवर्तमान सांसदहरूको बैठक बोलाएका छन् ।

बिहीबार दिउँसो एक बजे बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष ठाकुर र संसदीय दलका नेता महतोले निवर्तमान सांसदहरूको बैठक बोलाएका हुन् । 

उनी पक्षीय एक नेताका अनुसार सर्वोच्च अदालतले मंगलबार दिएको अन्तरिम आदेश, प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा भइरहेको बहस र पार्टीको आन्तरिक किचलोबारे छलफल हुनेछ ।  

त्यस्तै निवर्तमान सांसदहरूको बैठक छिटै सकिए बिहीबार नै र ढिलासम्म चले शुक्रबार कार्यकारिणी समिति सदस्यहरूलाई बैठकका लागि तयार हुन भनिएको छ ।

कार्यकारिणी समिति बैठकमा निर्वाचन आयोगले १५ दिनभित्र पार्टीको आधिकारिकताबारे दाबी पेस गर्न भनेकोबारे छलफल हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्