काठमाडौं । काठमाडौं किंग्स ११ ले मुख्य प्रशिक्षकका लागि आवेदन खुल्ला गरेको छ ।
एभरेष्ट प्रिमियर लिग (ईपीएफ) फ्रेन्चाइज काठमाडौंले बुधबार एक विज्ञप्ति जारी गरी आगामी सिजन २०२१र२२ का लागि प्रशिक्षकको आवेदन खुला गरेको हो ।
काठमाडौंको प्रशिक्षकमा विनोद दास थिए । तर, उनी अहिले नेपाल क्रिकेट संघ (क्यान)को क्रिकेट म्यानेजर रहेकोले काठमाडौंले नयाँ प्रशिक्षकको खोजी गरेको हो ।
प्रशिक्षक पदका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै प्रशिक्षकले आवेदन दिन सक्नेछन् । काठमाडौंले प्रशिक्षकका लागि फर्स्ट क्लास र अन्तर्राष्ट्रिय म्याच खेलेको अनुभव हुनुपर्ने बताएको छ ।
यस्तै, प्रशिक्षक बन्नका लागि आईसीसीरएसीसी वा सीए लेभल २ वा त्यो भन्दामाथिको योग्यता हुनुपर्ने जनाइएको छ । यस्तै, फेन्चाइज टिम र अन्तर्राष्ट्रिय लिगमा कम्तीमा २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । इच्छुकहरुले आगामी जुलाई २० सम्म आवेदन दिन सक्नेछन्।











