Logo
Logo

खहरे खोलाले बगाउँदा मृत्यु


दृष्टि संवाददाता

1.4k
Shares

दाङ । खहरे खोलाले बगाउँदा आज एक पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका – ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार लगातार वर्षापछि फल्कापुरदेखि माथि खहरे खोला बढेर बगाउँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पतालमा आज साँझ ५ बजेतिर मृत्यु भएको हो ।

उनी खेतको कामबाट फर्किने क्रममा खोलाले बगाउँदा गम्भीर घाइते भएका थिए । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्