Logo
Logo

सरकारमाथि दबाब बढाउने विपक्षी गठबन्धनको रणनीति


दृष्टि संवाददाता


काठमाडाैं । विपक्षी गठबन्धनले सरकारमाथि दबाब बढाउने रणनीति बनाएकाे छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेकाे गठबन्धनकाे बैठकले सरकारमाथि दबाब बढाउने निर्णय गरेकाे हाे ।

बैठकले प्रतिगमनका विरुद्ध संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम ल्याउने निर्णय गरेको हो ।  दोस्रो लहरको संक्रमण कम हुँदै गएको र स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतिगमनविरोधी जनपरिचालनका कार्यक्रम गर्ने रणनीति गठबन्धनकाे छ ।

गठबन्धन बैठकमा प्रदेश २ र गण्डकी प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्