Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : २४ सयमा कोरोना पुष्टिदेखि पेट्रोलियम पदार्थको मूल्य वृद्धिसम्म


दृष्टि संवाददाता


१. २४ घण्टामा देशभर २ हजार ४ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार विभिन्न जिल्लामा गरिएको ७ हजार ४ सय ६१ पीसीआर परीक्षणमा १ हजार ५ सय ११ जनामा र ४ हजार ९५३ एन्टिजेन परीक्षणमा ९१० जनामा कोरोना संक्रमण, २४ घण्टामा ३ हजार ५ सय ५८ जना कोरोना संक्रमणमुक्त, २४ घण्टामा ५२ जनाको मृत्यु ।

२. सरकारमाथि दबाब बढाउने विपक्षी गठबन्धनको निर्णय, कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकद्वारा प्रतिगमनका विरुद्ध संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम ल्याउने निर्णय, दोस्रो लहरको संक्रमण कम हुँदै गएको र स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतिगमनविरोधी जनपरिचालनका कार्यक्रम गर्ने रणनीति, गठबन्धन बैठकमा प्रदेश २ र गण्डकी प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल ।

३. प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि पहिलो दिनको बहस सकियो, बुधबार वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीबहादुर कार्की र महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीद्वारा बहसका क्रममा विघटन बदर हुनुपर्ने जिकिर, मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा ।

४. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ढकालसहित कर फर्छ्योट आयोगका ३ जना पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा, शर्मासहित ३ जनाउपर १ अर्ब ३३ लाख २० हजार ३८५ राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोप–पत्र बुधबार विशेष अदालतमा दायर, कानुनविपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ कर छुट दिएको आरोपमा कर फछर्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेशप्रसाद ढकाल र सदस्य शर्मामाथि भ्रष्टाचार मुद्दा ।

५. नेकपा एमालेको माधव नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता, निर्वाचन आयोगद्वारा कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र प्रदान, प्रमाणपत्र अनुसार १ सय ६३ नम्बरमा वैशाख ७ गते दल दर्ताको निवेदन दिएको भनाइ, आयोगका अनुसार नेकपा (एकीकृत) को पदाधिकारीमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल ।

६. आयातमा भएको उच्च वृद्धि र न्यून निर्यातको प्रभाव समग्र वैदेशिक व्यापारमा देखियो, चालु आर्थिक वर्षको ११ औं महिना (२०७७ साउनदेखि–२०७८ जेठसम्म) को तथ्यांक अनुसार नेपालको व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ, कुल १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात, ०७७ साउनदेखि २०७८ जेठसम्मको ११ महिनामा नेपालको निर्यात व्यापार १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुग्यो ।

७. नेपाल आयाल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल, जिडेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढ्यो, पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय १० रुपैयाँ कायम ।

८. नेप्से सूचकका साथै कारोबार रकममा समेत गिरावट , मंगलबार ७९ अंकले बढेको नेप्से सूचक बुधबार पुनः ५१ अंकले घट्यो,नेप्से सूचक ५१ दशमलव ६५ अंकले घटेर २ हजार ८ सय ६२ दशमलव १८ विन्दुमा, प्रि ओपन सेसनलाई व्यवस्थित गर्दै धितोपत्र बोर्ड, पाँच प्रतिशतको सीमालाई दुई प्रतिशतमा ल्याउने तयारी, असार १७ गतेदेखि आईपीओ निष्काशन गर्दै मनकामना स्मार्ट लघुवित्त ।

९. खेलाडीलाई मासिक रुपमा दिने आर्थिक सुविधालाई निरन्तरता दिन उपपराष्ट्रपति नन्दबहादुर पुनको आग्रह, दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) को चोट बोकेका राष्ट्रिय फुटबल टीमका खेलाडी विकास खवासको सफल शल्यक्रिया, यरोकपमा समूह चरणका अन्तिम खेल हुँदै, पौने १० बजे स्पेनले स्लोभाकिया र पोल्यान्डले स्वेडनसँग प्रतिस्पर्धा गर्दै, पौने १ बजे जर्मनीले हंगेरी र फ्रान्सले पोर्चुगलको सामना गर्दै ।

१०.र, चीनका चार कम्पनीको खोप विदेश निर्यातका लागि खुला, अस्ट्रेलियाको शहर सिड्नीमा तीव्र रूपमा कोरोनाको संक्रमण बढेकोले पुनः नयाँ प्रतिबन्ध लगाइने, घरभित्र पनि मास्क अनिवार्य, कोभिड–१९ पुनरुद्धार योजनामा युरोपेली आयोगको सहमति, अफगान सेनाको कारबाहीमा १४ तालिबानीको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्