Logo
Logo

थुनामा रहेकी ज्वाला सङ्ग्रौलाको पाँच दिन म्याद थप


दृष्टि संवाददाता


काठमाडौं । सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनको समूहमाथि अनुसन्धानको लागि पाँच दिन म्याद थप गरिएको छ ।

अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी संग्रौलासहितको समूहमाथि अनुसन्धान गर्न तीन दिनको समय कम भएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट थप पाँच दिन समय थप गरिएको हो ।

युवा संघमा आवध्द संग्रौलाकी पहिलेकै साथी खुश्बु ९ नविता० घिमिरेलाई कुटपिट गरेको जाहेरीका आधारमा पक्राउ परेकी संग्रौलाको अनुसन्धान पूरा नभएकाले म्याद थपिएको परिसरले जनाएको छ ।

संग्रौलासहित उनको समूहका केहीले जेठ १४ गते खुश्बुलाई कुटपिट गरेको किटानी जाहेरीमा उल्लेख छ । असार छ गते संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

संग्रौलासहित उनको समूहले अघिल्लो महिना महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि रंगभेदी दूर्व्यवकार गरेका थिए । उक्त घटनाका विषयमा समेत छानबिन हुने प्रहरीले जनाएको छ।

सो घटनाबारे मधेशी आयोगमा उजुरी परेको थियो । उक्त उजुरीमाथि आवश्यक कारबाही गर्न आयोगले प्रहरी महानिरीक्षकको सचिवालयमा फाइल पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्