प्रमलाई कांग्रेसको प्रश्न- जातीय विभेदको द्वन्द्व बढाउने मन्त्री अझै किन कायम ? « Drishti News – Nepalese News Portal
Logo

प्रमलाई कांग्रेसको प्रश्न- जातीय विभेदको द्वन्द्व बढाउने मन्त्री अझै किन कायम ?


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई शिक्षा, विज्ञान तथा प्रविधिलगायत मन्त्रीको जिम्मेवारीमा रहेका कृष्णगोपाल श्रेष्ठलाई अझै किन मन्त्री कायम राखेको भन्ने प्रश्न गरेको छ ।

शुक्रबार प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञाप्ति जारी गर्दै प्रश्न गरेका छन्– द्वन्द्व निरूपण होइन भड्काबलाई बल पुर्‍याउने मन्त्रीको भूमिका व्यक्तिगत स्वेच्छाचारिता कि राज्यकै प्रतिनिधित्व ? मन्त्रीले राज्यको प्रतिनिधित्व गरेका होइनन् भने अझै किन मन्त्री कायम ?

जातीय विभेदबारे मन्त्रीको व्यवहार र त्यसप्रति प्रधानमन्त्रीको मौनताले गम्भीर प्रश्न उठाएको पनि कांग्रेसको भनाइ छ । जारी विज्ञाप्तिमा भनिभएको छ– ‘हालैको एक घटनामा तपाईंको मन्त्रीमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ ।’ उनले प्रधानमन्त्री ओलीलाई गम्भीर प्रश्नमा जवाफदेही बन्ने कि सम्पूर्ण मौनता राख्ने भनेर पनि प्रश्न गरेका छन् ।

‘प्रश्न रूपमा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्र होइन। प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने प्रश्न हो,’ उनले भनेका छन्, ‘सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौं भन्ने पनि हो।’

सञ्चारकर्मी रूपा सुनारलाई थरकै आधारमा सरस्वती प्रधान पक्राउ परेकी थिइन् । हिरासतमा रहेकी सरस्वतीलाई छुटाउन मन्त्री श्रेष्ठ प्रहरी कार्यालय नै पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्