Logo
Logo

उपरथीमा पदोन्नति भएका राणालाई दर्ज्यानी चिह्न


दृष्टि संवाददाता

3.3k
Shares

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति भएका पाइलट सहायकरथी आशिषनरसिंह राणालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को यही असार ७ को निर्णयबाट उपरथीमा बढुवा भएका राणालाई प्रधानसेनापति थापाले सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार आयोजित विशेष कार्यक्रममा पाइलट उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयका महानिर्देशकमा पदस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्