Logo
Logo

२ हजार ४७६ संक्रमित थपिए, ५ हजार ४५५ जना संक्रमणमुक्त


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ५८५ जनाको ​पिसिआर गर्दा १ हजार ७२१ जना र ४ हजार ७६५ जनाको एन्टीजेन परीक्षण गर्दा ७५५ जना संक्रमित पुष्टि भएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ९४५ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै आज देशभर ५ हजार ४५५ जना संक्रमित निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७६ हजार ४१३ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्