Logo
Logo

राष्ट्रपतिलाई जबरजस्ती चिथोर्ने काम भइरहेको छ : प्रधानमन्त्री


दृष्टि संवाददाता

126
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अनुसार काम गरिरहेका राष्ट्रपतिलाई जबरजस्ती चिथोर्ने काम भइरहेको टिप्पणी गरेका छन् ।

शुक्रबार बालुवाटारमा आयोजित पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो राष्ट्रपतिलाई चिथोर्ने प्रतिष्पर्धा चलिरहेको बताएका हुन् ।

‘जसले राष्ट्रपतिलाई गाली गर्न सक्ने मुख छोड्न सक्यो त्यो ठूलो हुने कम्पिटिसन चल्या छ। हिजो पनि केही भूतपूर्वकहरुको लस्करले प्रेस मिट गरेको देख्याथिएँ । त्यसमा पनि राष्ट्रपतिमाथि राष्ट्रपति भन्दा राजै राम्रो भन्नेसम्म उहाँहरु पुग्नुभयो’, ओलीले भने, ‘कतिबेला के बोल्ने थाहा छैन। राष्ट्रपतिलाई जे अधिकार दिएका छौं त्यसमा राष्ट्रपति सीमित हुनुहुन्छ।’

उनीहको भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित थियो । बिहीबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानको संरक्षक अभिभावक मानेको राष्ट्रपतिले समेत आफ्नो गरिमा राख्न नसकेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले भने राष्ट्रपति आफूले पाएको अधिकारमा सीमित रहेको भन्दै बचाउ गरे । ‘उहाँहरुको सम्बन्धमा केही भन्नु छैन। आ-आफ्नो कल्चरल लेभलको कुरा पनि होलारु अर्को कुरा गणतन्त्रप्रतिको वैरभाव पनि होला’, प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरू सभ्य मर्यादित समाज होइन, असभ्य समाज बनाउन चाहनुहुन्छ। उहाँहरुका बोलाई चलाई अभिव्यक्ति यी सबै कुरामा देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्