काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज थप चार मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।
मन्त्री नेम्वाङले आज सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, शहरी विकास र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।
ती मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले अहिले एकातिर कोभिड र एर्कातिर प्राकृतिक प्रकोपबाट नागरिकलाई जोगााउन सरकार लागिरहेको बताए ।
नेम्वाङले विसं २०७६ मङ्सिरमा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । यसबीचमा उनले झण्डै सात महिना शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए ।