Logo
Logo

सिन्धुपाल्चोकमा राहत प्रभावकारी बनाउन प्रधानमन्त्रीकाे निर्देशन


दृष्टि संवाददाता

441
Shares

काठमाडाैं । प्रधानमन्त्री केपि शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक विपत्को व्यवस्थापन तथा राहतकार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले वागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, इन्चार्ज रामबहादुर थापासहितको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले विस्थापित परिवारको उचितव व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

पुल बगाएको स्थानमा बेलिबृजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्री ओलीले बताए । उन बाढीको पुर्व सूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवाशको व्यवस्था गर्ने बताए ।

प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गर्दै एमाले वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्द पोखरेलले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन, बहु आयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे मार्फत पूनः निर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्