Logo
Logo

आज लागुऔषध दुरुपयोग विरुद्धको दिवस


दृष्टि संवाददाता

252
Shares

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । नेपालमा यस वर्ष ‘लागुऔषधरहित परिवारः स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरी तीन दिने कार्ययोजनासहित विविध कार्यक्रमहरु सन्चाल भइरहेका छन् । यस वर्षको दिवसको अन्तर्राष्ट्रिय नारा भने Share “acts on Drugs, Save Lives तय गरिएको छ ।

जून २६ तारिखलाई हरेक वर्षको अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । त्यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारबाट मुक्त गराउनु रहेको छ ।

नेपालमा लागुऔषध प्रयोगकर्ताको वाषिर्क औसत वृद्धिदर ५.०६ प्रतिशत रहेको छ । संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध सम्बन्धी कार्यालयबाट प्रकाशित विश्व लागुऔषध प्रतिवेदन २०२१ ले लागुऔषध प्रयोगकर्ताको संख्या बर्सेनि बढ्दै गइरहेको देखाएको हो ।

नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको वाषिर्क औसत वृद्धिदर ५.०६ प्रतिशत आँकलन गरिएको छ । नेपालमा लागुऔषध प्रयोगको अवस्था, प्रभावित समूह र क्षेत्रको बारेमा जानकारी लिने उद्देश्यले गरिएको सर्वेक्षणअनुसार नेपालमा लागुऔषध प्रयोगकर्ता १ लाख ३० हजार ४ सय २४ पुगेको आँकलन छ जुन कूल जनसंख्याको झण्डै ०.४८ प्रतिशत हो ।

दिवसको अवसरमा सन्देश जारी गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले लागुऔषधको दुर्व्यसनमा लाग्ने युवा, किशोर, किशोरीको संख्या बढ्दै जानु चिन्ताको विषय भएको बताएका छन् । यसको दुरुपयोग तथा अवैध ओसारपसारले सामाजिक अपराध बढाउनुका साथै समाजमा नकारात्मक प्रभाव पारेको छ ।

प्रतिक्रिया दिनुहोस्