Logo
Logo

गण्डकीमा मन्त्रीको कार्यविभाजन टुङ्गियो


दृष्टि संवाददाता

13.7k
Shares


पोखरा । गण्डकी सरकारले मन्त्रीको कार्यविभाजन आइतबार गर्दैछ । जेठ २९ गते गठन भएको मन्त्रिपरिषद्का ४ जना मन्त्रीले अहिलेसम्म जिम्मेवारी पाएका थिएनन् ।

शुक्रबार ढिला भएकाले आइतबारसम्म मन्त्रीको कार्यविभाजन सक्ने सहमति भएको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले बताए । दलहरूबीच भएको सहमति अनुसार तत्कालका लागि प्रवक्ता खड्काले सामाजिक विकास मन्त्रालय सम्हाल्ने भएका छन् ।

खड्काले यसअघि अर्थ या भौतिक पूर्वाधार मन्त्रालयको दावी पेश गरेका थिए । अहिलेको कार्यविभाजन मन्त्रिपरिषद्ले पूर्णता पाउँदा परिवर्तन हुने खड्को भनाई छ । उनी कांग्रेसबाट मन्त्री बनेका हुन् ।

यस्तै, माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने भएकी छिन् । जनता समाजवादी पार्टीका मन्त्री हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पाउने भएका छन्। यसअघि उनले अर्थ मन्त्रालय पाउनुपर्ने दावी गरेका थिए।

सरकारले विश्वासको मत लिनलाग्दा आचार्यले अर्थ मन्त्रालय चाहिने अड्को थापेपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जसपालाई अर्थ मन्त्रालय दिने सहमति पत्रमा हस्ताक्षर गरेका थिए। अर्थ मन्त्रालयमा कांग्रेस र माओवादीको पनि दाबी परेपछि आचार्यले उक्त मन्त्रालयको दाबी छाडेका थिए ।

अर्का बिना विभागीय मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ ले साबिककै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा पनि मनाङेले सोही मन्त्रालय पाएका थिए । अहिले कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउन निर्णायक भूमिका खेलेका मनाङेले पनि यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्