Logo
Logo
बाढीको वितण्डा

इन्द्रावतीको बाढीले बगायो मेलम्चीको तीन तले घर


दृष्टि संवाददाता

5.2k
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा तीन तले घर बगाएको छ । मेलम्ची प्रहरीका प्रहरी निरीक्षक टिकाराम राईका अनुसार अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको उक्त घर निरन्तरको वर्षा र कटानका कारण बगेको हो ।

मेलम्ची ११ का गोपाल भनिने महेन्द्र दुलालको तीन तले घर नदी कटानको कारणले ढलेको राईले बताए । यसअघि अहिलेसम्म मेलम्चीमा कुनै पनि व्यक्तिको घर ढलेको थिएन ।

प्रहरीका अनुसार गोपालका परिवार अन्तै कोठा लिएर बसेकाले सबै सुरक्षित छन् । असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको छ, दर्जनौ बेपत्ता भएका छन् । त्यस्तै ४०० भन्दा बढी घर बिस्थापित भएका छन् ।

निरन्तर वर्षाको कारण नदीमा पानीको बहाब बढिरहेकाले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन इलाका प्रहरी कार्यलय मेलम्चीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्