Logo
Logo

वीरगञ्ज नाकाबाट भित्रियो डेढ खर्बको इन्धन र गाडी


दृष्टि संवाददाता

567
Shares


वीरगञ्ज । कोरोना संक्रमणको महामारीले समग्र उत्पादन र आपूर्तिको शृंखला बिथोलिए पनि इन्धन र गाडी आयात भने बढेको छ । यी उत्पादन भित्रिने मुख्य भन्सार वीरगञ्जको चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ११ महीनाको आयात तथ्यांकले यस्तो देखाएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि जेठसम्ममा इन्धन र सवारीसाधनको आयातमा मात्र करीब डेढ खर्ब रुपैयाँ बाहिरिएको छ । यस अवधिमा १ खर्ब ४१ अर्ब १४ करोड रुपैयाँको पेट्रोलियम पदार्थ र सवारीसाधन आयात भएको भन्सारले बताएको छ ।

गत आव २०७६र७७ को समीक्षा अवधिको तुलनामा यो वर्ष इन्धन र सवारी आयातमा ११ अर्ब रुपैयाँ बढी रकम बाहिरिएको हो । चालू आवको जेठ अन्त्यसम्ममा १ खर्ब १३ अर्ब ७५ करोड रुपैयाँको पेट्रोलियम पदार्थ र २७ अर्ब ३८ करोड रुपैयाँबराबरको सवारीसाधन भित्रिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । जीपकार, मोटरसाइकल, ट्रक, बसलगायत १८ प्रकारका सवारीसाधन यस नाकाबाट आएको भन्सारले बताएको छ ।

गत आवको जेठसम्ममा १ खर्ब ७ अर्ब १८ करोड रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थ र २३ अर्ब ४२ करोड रुपैयाँको सवारीसाधन भित्रिएका थिए । चालू आवको जेठसम्ममा वीरगञ्ज भन्सारबाट भएको कुल आयातमा इन्धन र गाडी आयातको अंश करीब ३१ प्रतिशत छ । यस अवधिमा यो भन्सारबाट ४ खर्ब ५८ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको देखिन्छ ।

कोरोना महामारी नियन्त्रण गर्न सरकारले गतवर्ष चैत ११ देखि करीब ६ महीनासम्म बन्दाबन्दी र निषेधाज्ञा लगाएको थियो । चालू वर्षमा वैशाख १६ यता निषेधाज्ञा जारी छ । ‘चालू वर्षमा निषेधाज्ञाका कारण इन्धन र गाडी आयात घट्ने अनुमान गरिएको थियो ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्