Logo
Logo

एमालेमा विधान महाधिवेशन दुई महिनाभित्रै सम्पन्न गर्ने तयारी, स्थायी कमिटी बैठक बस्दै


दृष्टि संवाददाता

5.7k
Shares


काठमाडौं । नेकपा एमालेमा विधान महाधिवेशनको गृहकार्य अघि बढाइएको छ । स्रोतका अनुसार दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारी भइरहेको छ । अब नीतिको बहस विधान महाधिवेशनमा हुने एमाले नेताहरूको भनाई छ ।

एमाले प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार एमालेको नवौं राष्ट्रिय महाधिवेशनले नै विधान महाधिवेशनको व्यवस्था गरेकाले त्यसको गृहकार्य भइरहेको हो । विधानको धारा १३ मा एक राष्ट्रिय महाधिवेशनदखि अर्को महाधिवेशनका बीचमा विधान महाधिवेशन गरिने उल्लेख छ ।

विधान महाधिवेशन वर्तमान राजनीतिक घटनाक्रमलाई हेरेर एक दुई महिनाभित्रै सम्पन्न गर्ने तयारी गरिएको हो । एमालेको दशौं महाधिवेशन मंसिरमा तोकिएको छ । तर मंसिरमा प्रतिनिधिसभाको चुनाव भएकाले त्यसअघि नै विधान महाधिवेशन गर्ने तयारी भइरहेको संगठन विभागका सदस्य समेत रहेका एमाले नेता भानुभक्त ढकालको भनाई छ ।

ढकालका अनुसार चुनावका कारण महाधिवेशन सरे पनि विधान महाधिवेशन भने केही समयमै सम्पन्न गर्न सकिनेछ । अनुसार माधव पक्ष एमालेमा रहने वा नरहने अवस्था हेरेर दशौं राष्ट्रिय महाधिवेश पनि मंसिर अघि नै गर्ने विषयमा समेत छलफल चलिरहेको बताइएकोछ ।

यसबीच पार्टीको स्थायी बैठक आज बिहान ९ बजे बोलाइएको छ । कार्यालय सचिव शेर बहादुर तामाङले बैठक बोलाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्