Logo
Logo
संसद् विघटन प्रकरण

प्रतिनिधि सभा विघटनबारे आज रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिने


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस आज सकिने भएको छ । संवैधानिक इजलासले निवेदकतर्फका कानुन व्यवसायीका लागि बहस गर्न तोकेको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट बाँकी छ ।

निवेदकतर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागि भने थप ३ घण्टा समय पाउनेछन् । निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्ने भएको छ ।

संवैधानिक इजलासले सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागि १५ घण्टा समय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्