Logo
Logo

बारा–पर्सामा हावाहुरीका कारण २५ जनाको मृत्यु, सयौं घाइते


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १७ चैत

हावाहुरीका कारण बारा र पर्सामा कम्तीमा २५ जनाको मृत्यु भएको छ । ६० भन्दा घाइते भएको प्रहरीले जनाएको छ ।
आइतबार बेलुका आएको हावाहुरीले बाराको पसौनी, फेटा र सुवर्ण गाउँपालिकामा २४ जनाको मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालले बताए । पर्साको वीरगञ्ज महानगरपालिका–१२ मा एक जनाको मृत्यु भएको छ ।
हावाहुरीका कारण बिजलुीका पोल, रुख र पर्खाल ढलेर सर्वसाधरणलाई किचेको थियो । एक्कासी तिव्र गतिको हावा चलेकाले सर्वसाधरणको भागदौड मच्चिएको थियो । कतिपय घरमै बसेका व्यक्तिको समेत घर भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्