Logo
Logo

आज बेल्जियम र पार्तुगलकाे ‘महाभिडन्त’, नजर राेनाल्डाे र लुकाकुमा


दृष्टि संवाददाता


काठमाडाैं । युरोपेली च्याम्पियनसिपको क्‍वार्टरफाइनल प्रवेशका लागि आज विश्व वरियताको एक नम्बरमा रहेको बेल्जियम र साविक विजेता पोर्चुगल भिड्दै छन् । नेपाली समयअनुसार आइतबार राति १२:४५ बजेदखि खेल सुरु हुने छ ।

सेभियामा हुने खेलमा पोर्तुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र बेल्जियन फरवार्ड रोमेलु लुकाकुमाथि सबैको नजर हुनेछ । जारी युराे कपमा राेनाल्डाे र लुकाकु उत्कृष्ट लयमा छन् । यी दुई खेलाडि गोल्डेन बुटको पछाडि पनि छन् । उनीहरूले अहिलेसम्म जारी युराे कपमा ८ गाेल गरेका छन् । रोनाल्डोले तीन खेलमा पाँच गोल गरिसकेका छन् भने लुकाकुले तीन गोल गरेका छन् ।

बेल्जियमले समूह ‘बी’ शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेका थियो । समूह चरणको खेलमा बेल्जियमले रसियालाई ३-०, डेनमार्कलाई २-१ ले तथा फिनल्यान्डलाई २-० ले पराजित गरेको थियो ।

पोर्तुगलले भनेसमूह चरणको पहिलो खेलमा हंगेरीलाई ३-० ले पराजित गर्दा दोस्रो खेलमा जर्मनीसँग ४-२ को हार बेहोरेको थियो । अन्तिम खेलमा विश्वविजेता फ्रान्सलाई २-२ गोलको बराबरीमा रोक्न सफल हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो ।

अहिले लयमा रहेका लुकाकु, केभिन डे ब्रुयन र इडेन हाजार्डसँगै बेल्जियमको टिममा स्टार खेलाडीको कुनै कमी छैन । उत्कृष्ट लयमा भएका लुकाकुले विश्वकप २०१८ पछि बेल्जियमका लागि २१ खेलमा २३ गोल र ४ असिस्ट गरेका छन् ।

त्यस्तै टोलीमा जेरेमी डोकु, ड्रिएस मेर्टिन्स, युरी टिलेमान्स, थोर्गन हाजार्ड, यान्निक कारास्को, एक्सेल विस्टेल, थोमस म्युनिएर र गोलक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ ।

समूह ‘एफ’ बाट उत्कृष्ट तेस्रो टोलीको रुपमा अघि बढेको पाेर्तुगलले बलियो बेल्जियमको चुनौती पन्छाउने लक्ष्यमा मैदान उत्रने छ । पछिल्लो पाँच खेलमा बेल्जियमले पाेर्तुग ललाई हराउन सकेको छैन । जसमा दुई बराबरी र तीन हारको नतिजा छ । पछिल्लोपटक यि दुई टोलीले सन् २०१८ मा मैत्रीपुर्ण खेल खेलेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

बेल्जियमविरुद्ध रोनाल्डो नै केन्द्रविन्दुमा रहनेछ । पोर्तुगलमा छोटो समयमै प्रभाव जमाएका खेलाडी डिएगो जोटा पनि छन् । २४ वर्षे जोटाले पोर्चुगलबाट १८ खेलमा ७ गोल गरिसकेका छन् । यस युरोमा उनले समूह चरणका सबै ३ खेलमा खेले । जर्मनीविरुद्ध उनले क्रिस्टियानो रोनाल्डोलाई एक गोलमा पास मिलाइदिए भने अर्को गोल आफैंले गरेका थिए ।

पाेर्तुगलकाे टाेलीमा रेनाटो सान्चेज, बर्नाडो सिल्भा, ब्रुनो फर्नान्डेस, जोओ मौटिन्हो, डानिलो पेरेइरा, राफयल गुरेइरो, रुवेन डियास, पेपे र गोलरक्षक रुई प्याट्रिसियो टोलीमा रहेका छन् । त्यसैले बेल्जिय र पाेर्तुगलकाे खेल ‘महाभिडिन्त’ हुने छ ।

प्रतिक्रिया दिनुहोस्