Logo
Logo
प्रतिनिधिसभा विघटनविरुद्ध रिट

रिट निवेदकका कानुन व्यवसायीको बहस सकियो


दृष्टि संवाददाता

1.2k
Shares

काठमाडाैं । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दिएका १ सय ४६ सांसदका तर्फबाट सुरुवाती सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार रिट निवेदक सांसदका कानुन व्यवसायीको बहस सकिएको हो । 

सोमबारबाट विपक्षी अर्थात राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सुरू हुनेछ ।

दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनको मुद्दामा रिट निवेदकका ३६ जना कानुन व्यवसायीले बहस गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदहरूले दायर गरेको रिटमा चार दिनको अवधिमा १५ घण्टा समय लिँदै वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले आफ्नो धारणा राखे।

गत बुधबारबाट सुरु भएको रिट निवेदकको बहस आइतबार सकिएको भएको छ। इजलासले ९ गतेदेखि अन्तिम सुनुवाइ सुरु गरेको थियो। उनीहरूले प्रतिनिधि सभा विघठन गैरसंवैधानिक भएकाले पुन:स्थापना हुनुपर्ने र १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरि शपथ लिने व्यवस्था गर्न परमादेशको आदेश जारी हुनुपर्ने माग गरे।

अब साेमबारबाट विपक्षीका लागि १५ घण्टा समय छुट्याइएको छ । त्यसपछि एमिकस क्युरीले आफ्नो राय दिनेछ । एमीकस क्युरीले राय दिएपछि ३ घण्टा रिट निवेदकका कानुन व्यवसायीले प्रत्युत्तर बहस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्