Logo
Logo

पोर्चुगलविरुद्ध बेल्जियमको जित, रोनाल्डोको यात्रा टुंगियो


दृष्टि संवाददाता


काठमाडौं । बेल्जियमले पोर्चुगलविरुद्ध १–० को जित निकाल्दै युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ ।

सेभियामा बेल्जियमबाट ४२ औं मिनेटमा थोर्गान हाजार्डले निर्णायक गोल गरे । उनले पहिलो हाफको अन्त्यमा लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दोस्रो हाफमा फर्नान्डो सान्तोषले टोलीलाई आक्रामक बनाएका थिए ।

उनले ब्रुनो फर्नान्डेस र जाआ फेलिक्स दुबैलाई मैदान उतारे । तर, अधिकांश समय बल नियन्त्रणमा राखेर निरन्तर आक्रमणहरु बुनेपनि पोर्चुगलले गोल गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्