Logo
Logo

आन्तरिक उडान असार १७ देखि खुल्ने


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण बढेपछि रोकिएको आन्तरिक हवाइ उडान असार १७ गतेदेखि खुलाउने तयारी गरेको छ । अब कोरोना संक्रमित संख्या घट्दै गएकोले उडान खोल्न लागिएको हो ।

विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नुपर्नेछ । नियमित उडानको आधा संख्यामा एयरलाइन्सले जहाज उडाउन पाउनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलले जनाएअनुसार बुद्ध एयरलाई दिनमा ३१ उडान गर्न दिइने भएको छ । यस्तै यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटिओएलतर्फ उडान गर्नेलाई तीनरतीन उडान स्वीकृति दिइएको हो ।

साथै सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा यात्रुले पालना गर्नुपर्नेछ । विमानस्थल सुविधादेय समितिको आइतबार बसेको बैठकले स्वास्थ्य मापदण्ड कडाइ साथ लागु गर्न कार्यान्वयन समिति र सुपरीवेक्षण समिति पनि बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्