Logo
Logo

उपत्यकामा सार्वजनिक यातायात चल्ने, खाद्यन्न पसल दिनभर खुल्ने


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमण रोक्न काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा खुकुलो पारिएको छ । अब सार्वजनिक यातायातका साधन पनि जोरविजोर प्रणालीमा संचालन हुनेछन् ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो पार्दै सार्वजनिक यातायात साधन जोरविजोर प्रणालीमा संचालन गर्ने निर्णय गरेको छ ।

मंगलबार अर्थात् असार १५ गतेदेखि २५ भन्दा धेरै सिट क्षमता भएका सार्वजनिक यातायातका साधन जोरविजोर प्रणालीमा संचालन हुनेछन् । त्यस्तै खाद्यपसल ६ बजेदेखि दिनभर खुल्नेछ । अन्य पसल ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्नेछन् ।

निषेधाज्ञासँगै गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ ।

बैठकको निर्णय यस्तो छ–

प्रतिक्रिया दिनुहोस्