Logo
Logo

जननेता भण्डारीले स्वार्थको किनबेच गर्नुभएन : प्रधानमन्त्री


दृष्टि संवाददाता


फाइल फाेटाे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीले राजनीतिक स्वार्थको व्यापार नगरी सिद्धान्तको पक्षपोषण गरेको बताएका छन् ।

जननेचता भण्डारीको ७०औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै एमाले अध्यक्षसमेत रहेको ओलीले अहिलेको राजनीतिमा स्वार्थको किनबेचको महत्व बढी हुन थालेको उल्लेख गर्दै आफूहरु मदनको ‘जनताको बहुदलीय जनवाद’ को विचारको आधारलाई सम्मान गर्दै अघि बढ्ने बताए ।

प्रधानमन्त्री ओली निहित स्वार्थका लागि आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गर्दै विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन मुद्धा ममिलामा समेत धाउनेहरुले लोकतन्त्र र देशको स्थिरतालाई खतरामा पार्ने स्थिति आएको समेत आरोप लगाए ।

प्रधानमन्त्री ओलीले भने– ‘उहाँहरु लोकतन्त्रका मूल्य मान्यता र दलीय व्यवस्थालाई सखाप पार्न अग्रसर हुनुहुन्छ, संसद्लाई जनताको काम गर्ने थलो नबनाइ पङ्गु बनाएर विघठन गर्न प्रेरित गरेर निर्वाचन तय भएपछि निर्वाचनको विरोध गर्दै हुनुहुन्छ, प्रधानमन्त्री चयन गर्ने थलो अदालतलाई बनाउँदै हुनुहुन्छ ।’

जननेता मदन भण्डारीको विचारसँग यी कामहरु कत्ति पनि मेल नखाने भन्दै ओलीले आफ्नो पार्टी ध्वस्त गर्ने र विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कसम खाएकाहरु विचारबाट पतित भएको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्