Logo
Logo

मन्त्रीले माफी नमागेसम्म माओवादीले प्रदेशसभा चल्न नदिने


दृष्टि संवाददाता


प्रदेश सभाकाे फाइल फाेटाे

विराटनगर । प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १४ औँ बैठक स्थगित भएको छ । निर्धारित समयअनुसार सञ्चालन हुन लागेको सभामा नेकपा (माओवादी केन्द्र)का सदस्यले उभिएर विरोध जनाएपछि बैठक स्थागित गरिको हो ।

सदन अवरुद्ध भएपछि आफ्ना कुरा राख्दै प्रदेशसभा सदस्य रामकुमार राईले भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा सम्बन्धित मन्त्री अम्बिरबाबु गुरुङले अमर्यादित, अशोभनीय र गैरजिम्मेवारीपूर्वक जवाफ दिएकाले उहाँले सदनमा माफी माग्नुपर्ने धारणा राखे ।

सदस्य राईले आत्मालोचनासहित सदनमा सम्बोधन नगरेसम्म सदन लगातार अवरोध गर्ने जानकारी दिँदै प्रदेश सरकारले बजेट पुनः लेखन समिति बनाएर बजेट बनाउन लागेको कुरा सुत्रमा आएकाले यसको पनि जवाफ दिनुपर्ने माग गरे ।

सदनमा आर्थिक वर्ष २०७/७९ का लागि वार्षिक आय–व्ययको बजेट सार्वजनिक भइसकेपछि सरकारले असंवैधानिक तरिकाले बजेट बनाउन नहुने तर्क गर्दै उनले भने– ‘यदि बजेट नै बनाउनुपर्ने भएमा सदनमै छलफल गरेर बनाउनुपर्छ ।’

प्रदेशसभाको अर्को बैठक मङ्गलबार मध्याह्न १२ः३० मा बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्