Logo
Logo

कोरोनाबाट थप ४२ जनाको मृत्यु, २ हजार ४४४ संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा थप २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोबाट संक्रमित हुनेको संख्या ६ लाख ३५ हजार १ सय ८८ पुगेको छ ।

गत २४ घण्टाको अवधिमा ६ हजार ६ सय ४८ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार ५ सय ९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ४ हजार ९ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरी ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।

त्यस्तै गत २४ घण्टाभित्र नेपालमा थप ३ हजार ८ सय ५२ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच लाख ८८ हजार १ सय ८७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्