Logo
Logo

ओलीले जे पनि गर्नसक्छन्, ढुक्क हुने अवस्था छैन- प्रचण्ड


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खतराको घण्टी सकियो भनेर ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।

सोमबार विपक्षी गठबन्धनले वुद्धिजीवीहरुसँग गरेको अन्तरकृयामा बोल्दै अध्यक्ष प्रचण्डले संसद पुनःस्थापना हुने निश्चित भए पनि अझै ढुक्क हुने अवस्था नरहेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जुनै पनि बेला जेसुकै गर्ननसक्ने भन्दै प्रचण्डले भने– ‘प्रतिनिधिसभा पुनःस्थापना हुने निश्चित भइसक्यो । तर, ओलीले अझै गोटी चाल्न सक्छन् । त्यसतर्फ चनाखो हुनुपर्छ । खतराको घण्टी सकियो भनेर ढुक्क हुने अवस्था छैन ।’

अध्यक्ष प्रचण्डले संविधान र विगतका नजिरले समेत प्रतिनिधिसभा पुनःस्थापना हुने धेरै आधार भएपनि ढुक्क भएर बस्ने अवस्था भने नभएको धारणा राखे । उनले भने– ‘संसद त पुनःस्थापना हुन्छ तर अझैपनि विश्वस्त हुन सक्ने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस्