Logo
Logo

‘प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान धुजाधुजा बनाए’


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने भन्ने आफू विश्वास्त रहेको बताएका छन् ।

विपक्षी गठबन्धनले नागरिक समाजका अगुवाहरुसँग गरेको छलफलमा सभापति देउवाले भने, ‘अदालत स्वातन्त्र निकाय भएकाले मलाई विश्वस छ, अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नेछ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले राष्ट्रपतीय संस्थाको गरिमा र मर्यादा राख्न नसकेको बताएका हुन् ।

उनले भने, ‘संविधानको ७६ को उपधारा ५ ले कुनै पनि संसदको सदस्यले बहुमतका आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ । त्यो आधार हामीले प्रस्तुत गरेपनि प्रधानमन्त्रीमा नियुक्त नगरेर उल्टै प्रतिनिधिसभा विघटन गरियो । यसले राष्ट्रपतिको गरिमा रहेन ।’ देउवाले प्रधानमन्त्री ओली र राष्ट्रपति मिलेर संविधानका प्रावधान धुजाधुजा बनाएको आरोप समेत लगाए ।

सभापति देउवाले सुनुवाइ समितिबाट सुनुवाइ नभए आफैं अनुमोदन हुने व्यवस्था हटाएर भए पनि भएका सबै निर्णयहरू खारेज गर्ने बताए । ‘संसदीय सुनुवाइ नभए स्वतः अनुमोदन हुने व्यवस्था हटाएर भए पनि अहिले भएका सबै संवैधानिक अंगका नियुक्ति खारेज हुन्छ’, देउवाले भने,‘सुनुवाई हुन नसकेमा सबै नियुक्तीहरू स्वतः खारेज हुन्छ भन्ने व्यवस्था राखेर भए पनि अहिलेसम्म भएका सबै निर्णय खारेज गर्छौं।’

उनले आफ्नो सरकार बनेपछि पहिलो प्राथमिकता कोरोना विरूद्धको खोप ल्याउने हुनेसमेत बताए । कोभिड १९ विरूद्धको खोप जसरी पनि उपलब्ध गराउँछौं। हाम्रो सरकार बनेपछिको पहिलो निर्णयनै त्यहीँ हुन्छ’, उनले भने,‘केपी ओलीले मुलुकमा उखान टुक्काको भरमा शासन गर्न खोजे। त्यसकै भरमा तानासाही बन्न खोजिरहेका छन्।’

प्रतिक्रिया दिनुहोस्