Logo
Logo

‘पाँच दलीय गठबन्धनलाई कसैले हल्लाउन सक्दैन’


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पाँच दलीय गठबन्धनको मोर्चालाई कसैले हल्लाउन नसक्ने बताएकी छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार आयोजिति बुद्धिजीवीहरुसँगको अन्तर्क्रियामा बोल्दै पौडेलले प्रतिगमनका विरुद्ध एक ढिक्का भएकाले गबन्धन नतोडिने बताएकी हुन्।

‘हामी प्रतिगमनका विरुद्ध, संविधान मासेर कुल्चेर हिँड्ने स्वेच्छारी कदमका विरुद्ध एक ढिक्का छौं’, पौडेलले भनिन्, ‘ओली कदमका विरुद्ध पाँच दल एक भएर उभिएका छौं। त्यो अजेण्डामा हामीलाई कसैले हल्लाउन सक्दैन। यो दृढका साथ आन्दोलनले माग गरेको अजेण्डामा प्रतिबद्ध छौं।’

पाँच दलले उठाएको अजेण्डालाई डाईर्भट गर्नतिर लागियो भने सही निष्कर्षमा नपुगिने पौडेलको भनाइ छ। अहिलेको मोर्चाबन्दी भोलिका दिनमा परिस्थिति हेरेर अघि बढाउने वा नबढाउने निर्धारण हुने पनि उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्