Logo
Logo

ओलीलाई विश्वप्रकाशकाे प्रश्न- ‘साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने ?


दृष्टि संवाददाता

1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग कुरा मिल्दा आन्द्रा गाँस्ने र छुट्दा निकालिदिने व्यवहार गरेको टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस प्रवक्ता शर्माले ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एमाले एकता गर्दा ठिक र कांग्रेससँग मुद्दा मिल्दा बेठिक हुनसक्छ भन्दै प्रश्न गरेका छन्। उनले भनेका छन्, ‘प्रचण्डसँग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक?’

ओलीले एमाले वरिष्ठ नेता माधव नेपालप्रति गरेको टिप्पणीमाथि पनि शर्माले प्रश्न उठाएका छन्। ‘साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय?, ’उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीसँग विनम्रसँग सोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो `भेरिएन्ट´?’

सोमबार प्रधानमन्त्री ओलीले कांग्रेसले ‘प्रचण्ड पथ’लाई मार्गदर्शक सिद्धान्त बनाएको टिप्पणी गरेका थिए। कांग्रेस प्रचण्ड पथमा हिँडेपछि कांग्रेस नेताहरु नाथुराम गोड्से खोजेर हिँड्न थालेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्