Logo
Logo

आफू पहिलो नम्बरको अध्यक्ष भएको महन्थ ठाकुरको दाबी


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफू नै पहिलो नम्बरको अध्यक्ष भएको दाबी गरेका छन् । २० कार्यकारिणी सदस्य थप गरेको पत्र निर्वाचन आयोगलाई बुझाउँदै ठाकुरले आफू नै पहिलो नम्बरको अध्यक्ष भएकाृ दाबी गरेका हुन् ।

उनले गत शुक्रबार आयोगलाई बुझाएको लिखित पत्रमा पार्टीले नै आफूलाई कार्यकारी अधिकार दिएकाले थप गरिएका २० कार्यकारी सदस्यलाई मान्यता दिन ठाकुरले आग्रह गरेका छन् ।

यसअघि ठाकुरपक्षले पत्रको जवाफ १५ दिन माग गरेपछि आयोगले समय उपलब्ध गराएको थियो। ठाकुरपक्षले आफ्नो पक्षका २० जना कार्यकारीणी समिति थप गरेर बहुमत पुर्‍याएर उपेन्द्र यादवलाई कारबाही गर्न माग गरेका छन्।

उपेन्द्रपक्षलाई निष्काशन गरेर पार्टी आधिकारिकता आफूले पाउनुपर्ने उनको दाबी छ। यता, आयोगमा उपेन्द्रपले ठाकुरसहित सर्वेन्द्रनाथ शुक्ला,राजेन्द्र महतो लक्ष्मणलाल कर्णलाई कारबाही गरेको पत्र बुझाएको थियो ।

लगतै मन्त्री हुन थप नेताहरु गएपछि ९ जनालाई समेत कारबाही गरेर पार्टीबाट निष्काशन गरेको पत्र उपेन्द्रपक्षले आयोगमा बुझाएको थियो।

प्रतिक्रिया दिनुहोस्