Logo
Logo

रामचन्द्रलाई शेखरको प्रस्ताव- तपाईं प्रधानमन्त्री बन्नुस्, सभापतिमा मलाई सघाउनुस्


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापतिमा आफूलाई सघाउन वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सोमबार पौडेल निवास बोहराटार पुगेर शेखरले उक्त प्रस्ताव राखेका हुन्।

आसन्न महाधिवेशनका लागि बलियो दाबेदारीका रुपमा रहेका शेखरले पौडेलसँगको भेटमा भने, ‘तपाई प्रधानमन्त्री बन्नुस्। आगामी निर्वाचनपछि प्रधानमन्त्री बनाउन मैले पार्टीको तर्फबाट पुरै सहयोग गर्छु। मलाई सभापतिमा सघाउनुस्।’

तर, पौडेल आफैं यसपटक महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेका छन् । उनले एक वर्ष मात्रै पार्टी सभापति हुने रहर रहेको बताएका थिए । मन्त्री हुँदा आफूले गरेका सकारात्मक कार्यका फेहरिस्त पौडेलले शेखरलाई सुनाएका थिए ।

देश र पार्टी सञ्चालनका लागि आफूसँग विचार भएको पौडेलले बताएका थिए। पौडेलको कुरा सुनेपछि शेखरले आफ्नो प्रस्ताव राखेका थिए। दुई नेताको संवादमा शेखरले भने, ‘देश परिवर्तनको भिजन लागू गर्ने त सभापति भएर होइन। त्यसकारण तपाईं प्रधानमन्त्री बन्नुस्। म सभापति बन्छु । आफ्नो भिजन पूरा गर्नुस्। म सहयोग गर्छु।’

संस्थापन इतर समूहबाट पनि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा। शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् । आकांक्षी धेरै भएकाले सहमतिमै नेतृत्व चयन गर्न नेताहरुबीच अनौपचारिक छलफलले तीव्रता पाएको हो ।

प्रतिक्रिया दिनुहोस्